नेपाल स्वास्थ्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ।
प्राधिकरणकी सूचना अधिकारीका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६ हजार नागरिक विपद्को जोखिममा रहेका छन्। यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। प्राधिकरणले मनसुनी विपद्को जोखिम भएका क्षेत्रका नागरिकलाई आवश्यक पूर्वतयारीसहित सतर्क रहन आग्रह गरेको छ।
प्रकाशित मिति: २०८३ असार ११ गते, बिहान ५:२३ बजे

