नेपाल स्वास्थ्य, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच मुटु रोग उपचारमा सहकार्य गर्ने सम्झौता भएको हो ।
राप्ती प्रतिष्ठानका विद्यार्थी/प्रशिक्षार्थीहरू शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अभ्यासका लागि उपस्थित हुने,राप्ती प्रतिष्ठानका विद्यार्थीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अधिकतम ६ महिनाका लागि प्रयोगात्मक अभ्यास गर्न सक्ने र त्यसबापत लाग्ने शुल्क प्रतिष्ठानले बुझाउने सम्झौता भएको हो ।
प्रकाशित मितिः २०८२ भाद्र १७ गते, राती ८ः१३ बजे

