हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्। महँगो औषधि अवश्यक पर्ने उक्त रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालाले औषधिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।

जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ।

प्रकाशित मितिः २०८१ माघ ११ गते, बिहान ५ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *