यस्ता छन् खरबुजा खानुका फाइदा

टिप्स हेडलाइन्स

नेपाल स्वास्थ्य, गर्मी मौसममा धेरै मानिसले खरबुजा खाने गर्दछन् । खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न किसिमका लवण पाइन्छ । खरबुजामा भिटामिन सी, ए र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै भिटामिन बी १, बी ६, के, फो लेट र फाइवर पनि खरबुजामा प्रशस्त रहेको हुन्छ । खरबुजा एन्टिअक्सीडेन्टको पनि राम्रो श्रोत हो ।


यसका फाइदाहरु:
– शरीरमा पानीको मात्रा कमी हुन नदिने,
– तौल घटाउन सहयोगी,
– कब्जियत समस्याको समाधान गर्ने,
– तनाव कम गर्न सहयोगी,
– पत्थरी हुनबाट बचाउने,
– महिनावारीको दुखाइलाई कम गर्न सघाउने ।

यसले छालाको सुन्दरता र चमकता कायम राख्न मद्दत गर्छ भने नियमित सेवनले मुत्र विकार सम्बन्धि समस्याको समाधानको लागि समेत उपयोगी मानिन्छ । तर सकभर दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यसले चिसो गराउन सक्छ ।

प्रकाशित मितिः २०८१ बैशाख २ गते, दिउँसो १ः२१ बजे


Leave a Reply

Your email address will not be published. Required fields are marked *