नेपाल स्वास्थ्य डटकम
शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा निधन भएको छ । जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत रहेका थिए । जोशीको उमेर १०३ वर्षको रहेको थियो ।
स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । जोशीमा मुटु र प्रोष्टेटको समस्याका साथै पछिल्लो समय डेंगु संक्रमण पनि देखिएको थियो । जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
प्रकाशित मितिः २०७९ असोज ३० गते, विहान ७ः५७ बजे ।

