नेपाल स्वास्थ्य डेस्क
२१, असार ।
काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले उक्त जानकारी दिनुभयो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएके हो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसबाट बच्न पानी उमालेर पिउने, सकेसम्म बाहिरको खानेकुरा नखाने, फलफुल, तरकारी तथा खानेकुरा पखालेर मात्र खानुपर्ने उहाँको सुझाव रहेको छ ।

