स्वास्थ्यमन्त्रीले भने, कोभिड खोपमा घोटाला भए पुष्टि गर्नुस्

स्वास्थ्य समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विरोध खतिवडाले २४ लाख खोप हराएको प्रसङ्गमा प्रतिनिधिसभामा आफ्नो प्रस्टोक्ति दिएका छन् ।

प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेरिदिन आग्रह गरे ।

‘स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो ? कुन मितिमा आयो ? प्रस्ट छ,’ मन्त्री खतिवडाले भने,‘खोप सबै विदेशबाट काठमाडौंमै आएको छ र विराटनगर गएको छैन । अनि काठमाडौंबाट प्रदेशमा कति गयो ? प्रदेशको खोप जिल्लामा कति गयो ? वेबसाइटमा छ ।’ त्यो हेरेर प्रदेश र जिल्लामा गएर त्यति मात्रामा आयो–आएन सोधिदिन उनले आग्रह गरे ।

अहिलेसम्म नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४करोड ८७ लाख प्रयोग भइसकेको मन्त्री खतिवडाले जानकारी दिए । अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको उनले बताए ।

२४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिए ।

‘चोरको कुरा चोरले नै देख्छ, सर्पको सर्पको खुट्टा सर्पलाई नै देख्छ । म झुटो साबित हुन आतुर छु, कृपया यति गर्दिनुहोला,’ उनले भने । -नेपालप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *