प्यूठानको नारीकोटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल स्वास्थ्य, प्यूठानको गौमुखी गाउँपालिका वडा नं. ७ नारीकोटमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। वडा कार्यालयको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। गौमुखी गाउँपालिका वडा नं. ७ को सहयोग तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि., बुटवल र निमतारा […]

१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

रासस, बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत सातवटै प्रदेशका ५० वटा विद्यालयमा […]

रोल्पामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समन्वय बैठक

नेपाल स्वास्थ्य, रोल्पामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समन्वय बैठक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ को अवसर पारेर मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी समन्वय बैठक लिबाङमा आयोजना गरिएको थियो । छलफल कार्यक्रममा सहभागी वक्ताले बिश्वमै दुर्लभ रहेको रेडपाण्डा रोल्पामा पाइने भएको हुनाले यसको संरक्षण र प्रबद्धनको लागि राज्यले ध्यान दिनुपर्ने बताएका थिए । […]

अब यस्तो बन्नेछ अर्घाखाँची अस्पताल

नेपाल स्वास्थ्य, अर्घाखाँचीबाट निर्वाचित सांसद हरि प्रसाद भुसालले अब सुविधासम्पन्न अर्घाखाँची अस्पताल बन्ने बताएका छन्। उनका अनुसार यसका लागि केहिदिनमै टेन्डर आव्हान हुनेछ। यसअघि धेरैपटक नयाँ अस्पताल भवन बन्ने भनिएपनि नबनेको उल्लेख गर्दै उनले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्ने बताए। उनले नयाँ भवन बढीमा १००० दिनमै बन्ने समेत आफ्नो सामाजिक संजालमार्फत बताएका छन् । प्रकाशित […]

रामपुर ‘पूर्ण खोप’ र ‘संस्थागत प्रसूति सेवायुक्त’ नगर घोषणा

नेपाल स्वास्थ्य, पाल्पाको रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्था बाट प्रसुति सेवा लिएको सुनिश्चित भएसँगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । रामपुर नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप […]

सरकारी कार्यालयदेखि देशैभरिका अस्पताल सफा गरिने

नेपाल स्वास्थ्य, सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ।  सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो। त्यसका लागि सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको जनाइएको छ। सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह  शुभारम्भ हुनेछ । प्रकाशित मिति: […]

लैङ्गिक हिंसामा परेमा तत्काल खबर गर्न मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा  तत्काल खबर गर्न आग्रह गरेको छ । महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन […]

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

नेपाल स्वास्थ्य, दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ। पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने भएको छ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एनजियोप्लाष्टि गरेको […]

२३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही ६ र ७ वैशाखबाट सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै, आठ लाख […]

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ । सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो । मन्त्रालयका सह-प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था […]