सिद्धार्थनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा मंगलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा १५६ जनाले आँखा परीक्षण गराएको वडा कार्यालयले जनाएको छ ।कार्यक्रम सिद्धार्थनगर–५ स्थित मारवाडी सेवा संघको सभाहलमा भएको थियो ।

 प्रकाशित मिति: २०८३ जेठ २७ गते, दिउँसो २:५८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *