नेपाल स्वास्थ्य, पाल्पाको रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्था बाट प्रसुति सेवा लिएको सुनिश्चित भएसँगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुर नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित तथा स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका भएको प्रमाणपत्र प्रदान गर्दै घोषणा गरिएको हो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ नर्सिङ अधिकृत पुनम धितालको स्वागत तथा रामपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत पुनम जिसीको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति: २०८३ बैशाख ३१ गते, दिउँसो ३:११ बजे

