डा. नरेश त्रेहान भारतका प्रसिद्ध मुटुरोग विशेषज्ञ हुन्। उनी मेदान्ता- द मेडिसिटी अस्पताल हरियाणा, भारतमा कार्यरत छन् । उनिसँँग इन्डिया टुडेका लागि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।- सम्पादक
अहिले युवाहरूमा पनि हार्ट अट्याक धेरै देखिन थालेको छ। मुख्य कारण के हो?
पहिले मुटुरोगलाई वृद्धावस्थाको समस्या मानिन्थ्यो। तर अहिले २५–४० वर्ष उमेर समूहमा पनि अचानक हार्ट अट्याक देखिन थालेको छ। यसको कारण केवल एउटा होइन।
- परिवारमा मुटुरोगको इतिहास हुनु
- मधुमेह
- तनाव
- खराब खानपान
- निद्राको कमी
- शारीरिक गतिविधि कम हुनु
यी सबै कारणले जोखिम बढाउँछन्। भारतीयहरूमा genetic predisposition पनि धेरै हुन्छ। त्यसैले धेरै मानिस बाहिरबाट सामान्य देखिए पनि भित्रैबाट जोखिममा हुन सक्छन्।
Covid पछि मुटुमा असर पर्ने कुरा कत्तिको सत्य हो?
गम्भीर Covid भएका केही मानिसहरूको मुटुको मांसपेशीमा असर परेको देखिएको छ। भाइरसले शरीरका साना रक्तनलीहरूमा inflammation ल्याउन सक्छ।कसैको heart function घटेर २५–३०% मा झरेको हुन सक्छ, तर उनीहरूलाई थाहा नहुन सक्छ। अनि अचानक धेरै exercise वा stress हुँदा irregular heartbeat भएर ठूलो समस्या आउन सक्छ। त्यसैले Covid पछि स्वास्थ्य परीक्षण महत्त्वपूर्ण छ।
तपाईंले युवाहरूलाई के सल्लाह दिनुहुन्छ?
३० वर्ष पुग्नुअघि नै एकपटक पूर्ण स्वास्थ्य परीक्षण गर्नुपर्छ। विशेष गरी:
- ECG
- Blood sugar
- Cholesterol
- Blood pressure
- Heart screening
जस्ता जाँच गर्नु राम्रो हुन्छ। यदि परिवारमा diabetes वा heart disease छ भने अझ सचेत हुनुपर्छ। “Know your genes” अर्थात् आफ्नो पारिवारिक जोखिम बुझ्नु धेरै महत्त्वपूर्ण छ।
मुटुरोगबाट बच्न सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?
- नियमित exercise
- सन्तुलित खाना
- कम चिनी
- धूम्रपान नगर्ने
- तनाव कम गर्ने
- पर्याप्त निद्रा, यी कुराले धेरै रोग रोक्न सकिन्छ। केवल औषधिमा भर पर्नु हुँदैन।
प्रकाशित मिति: २०८३ बैशाख २९ गते, साँझ ६:३९ बजे

