नेपाल स्वास्थ्य, चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। आयोगको २१औं बैठकले सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको जनाइएको छ। मेडिकल कलेजहरुको पूर्वाधार लगायतका विभिन्न मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको हो।
प्रकाशित मिति: २०८२ साउन २९ गते, दिउँसो ३:५५ बजे

