सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरेका हुन् ।

दिवसको अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवनलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पुर्‍याउने सङ्घसंस्था र पत्रकार गरी सात जनालाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मिति: २०८२ जेठ १८ गते, बिहान ७:०९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *