यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, यही जेठ १८ देखि आगामी असोज १४ सम्मको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताएका छन्। कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीका अधिकांश भूभागमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

सुदूरपश्चिमका तराई, लुम्बिनीका पश्चिम तराई, गण्डकीको उत्तर, पूर्वी भूभाग, बागमती र कोशीका उत्तरी भूभागमा पनि सरदरभन्दा धेरै वर्षा हुने आँकलन छ। तर, मधेशका पूर्वी र दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत छ। विभागका अनुसार यस आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपहरूको आँकलन र दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्च आँकलनको आधारमा तयार पारिएको हो। 

प्रकाशित मिति: २०८२ जेठ ८ गते, बिहान ६:२९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *