नसर्ने रोग पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर

फोटोफिचर

नेपाल स्वास्थ्य/गुल्मी , रुरुक्षेत्र गाउँपालिका ५ मा ४० वर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्क्रिनिगं कार्यक्रमको सुरुवात भएको छ । ५ नम्बर वडा कार्यालय र बम्घा स्वास्थ्य चौकीको आयोजनामा यहि पौष १६ गतेदेखि १९ गतेसम्म विभिन्न गाउँ टोलमा कार्यक्रम संचालन हुने बताइएको छ । जसअन्तर्गत पहिलो दिन लक्ष्मी आधारभुत बिधालय बोटेगाँउबाट कार्यक्रमको सुभारम्भ गरिएको बम्घा स्वास्थ्य चौकीका प्रमुख जेनिस विष्टले जनाए । उक्त कार्यक्रम ५ नम्बर वडाका वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्षता, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यदु ज्ञवाली तथा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम लगायत वडा सदस्यहरु, लगायतका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा १३० जनाले सेवा लिएका छन् भने जसमध्ये ४८ जनालाई थप जाँचको लागि स्वास्थ्य संस्था पठाइएको छ । शिविर निशुल्क संचालन भएको र ल्याब परीक्षण समेत उपकरण मार्फत भैरहेको जनाइएको छ ।

प्रकाशित मितिः २०८१ पौष १६ गते, राती १०ः३९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *