रुपन्देहीमा १६०० युनिट रगत संकलनको लक्ष्य

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, नेपाल नियमित रक्तदाता संघ, जिल्ला शाखा रुपन्देहीले “मानवीय सेवामा समर्पित अभियान” भन्ने नाराका साथ रक्तदान जीवनदान अभियान सुरु गरेको जनाएको छ। अभियान अन्तर्गत जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ। गत शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभाव हटाउने बताएका हुन् । उनले १६०० युनिट रगत संकलन गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको बताएका छन् ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मानसिक स्वास्थ्य, नसा रोग, रक्तचाप, मधुमेह लगायतका रोगहरूको निःशुल्क परामर्श र उपचार सेवा प्रदान गरिने जनाइएको छ।

प्रकाशित मितिः २०८१ पौष १५ गते, बिहान १०ः२१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *