गुल्मीको रुरुक्षेत्र गाउँपालिकाद्धारा इसिजी मेसिन हस्तान्तरण

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिका अन्तर्गत रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीलाई इसिजी मेसिन हस्तान्तरण गरेको छ । पालीकाका प्रमुख यदु ज्ञवाली ‘सन्तोष’ ले उक्त मेसिन केन्द्रलाई हस्तान्तरण गरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनाएका छन् । गाउँपालिकाले स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको मेसिन उक्त केन्द्रलाई उपलब्ध गराएको हो । यो मुटुको चेकजाँचमा महत्वपूर्ण मानिन्छ ।

यसअघि बम्घा स्वास्थ्य चौकीमा समेत इसिजी मेसिनमार्फत मुटुको जाँच सुरु भएको पालीकाले जनाएको छ ।

प्रकाशित मितिः २०८१ पौष १३ गते, राती १०ः३२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *