नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले नेपाली औषधि उद्योग, औषधि थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका विषयलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्। औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए नभएको सुनिश्चित गर्न मन्त्री यादवले उक्त समितिको गठन गरेका हुन्।
गठित समितिको संयोजकमा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटा त्यसैगरी सदस्यहरूमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ औषधि व्यवस्थापक संगीता साह, नेपाल फार्मेसी काउन्सिलका प्रतिनिधि, सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र सम्बन्धित क्षेत्रका औषधि व्यवस्था विभागका शाखा कार्यालयका प्रमुख रहनेछन् भने समितिको सदस्य सचिवमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा रहेका छन्।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न म्याद दिइएको छ ।
प्रकाशित मितिः २०८१ असार १२ गते, राती ८ः०१ बजे

