स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू हुने

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
आउँदो माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु हुने भएको छ । जसमा बिरामीले १० प्रतिशत शुल्क आफैँ व्यहोर्नुपर्नेछ । अब अस्पतालबाट प्रदान गरिने अन्तरंग, बहिरंग, निदानात्मक (परीक्षण), उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनःस्थापना सेवामा लागेको खर्चको १० प्रतिशत रकम बिरामीले व्यहोर्नुपर्नेछ ।  बोर्डले बिमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम कार्यविधि स्वीकृत गरी लागु गर्न लागेको हो ।

प्राथमिक स्वास्थ्य सेवा केन्द्र र २५ शय्यासम्मका सरकारी अस्पतालमा को पेमेन्ट प्रणाली लागु नहुने बोर्डले जनाएको छ । २५ शय्यामाथिका प्रादेशिक अस्पताल, संघीय र सबै निजी तथा सामुदायिक अस्पतालहरूमा को पेमेन्ट प्रणाली लागु हुनेछ ।

प्रकाशित मितिः २०८० पौष २६ गते, राती ९ः३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *