नेपाल स्वास्थ्य डटकम
नेपालमा सजिलै रुपमा रायोको साग पाइन्छ । चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले यो तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा पर्ने गर्दछ त्यसैले स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक मानिन्छ ।
यसका प्रमुख फाइदाहरुः
– रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट बालबालिकालाई बचाउँछ ।
– रुघा लागेमा रायोको दाना पिसेर सेवन गर्न सकिन्छ ।
– पाचनशक्तिमा देखिएको समस्यालाई सजिलै समाधान गरिदिन्छ ।
– रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।
– बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।
– रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ ।
– रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।
– मुटु सम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटु सम्बन्धी रोग लाग्न नदिन रायोको साग खानुपर्छ ।
प्रकाशित मितिः २०८० असोज १४ गते, दिउँसो ३ः१७ बजे

