पुदिनाका यस्ता छन् फाइदाहरु

टिप्स


नेपाल स्वास्थ्य डटकम ।
पुदिना अचारका रूपमा प्रयोग गरिन्छ साथै यसलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा गर्ने गर्दछ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । चर्को गर्मीका बेला पुदिनालाई मिर्सी तथा पानीमा भिजाएर जुसका रूपमा पिउने गरेको पनि पाइन्छ।

पुदिनाका फाइदा यस्ता छन्:
– पेट भारी भएको अवस्थामा भए यसले पाचन प्रणालीको द्वारलाई नरम बनाइदिन्छ र आमाशयलाई हल्का बनाइदिन्छ।
– पुदिना जुसले छालालाई शीतल राखेर छालामा स्फूर्ति तथा ताजगी ल्याउन सहयोग गर्दछ ।
– पुदिनाको पातले दाँत माझे मुखको गन्ध हट्नुका साथै दाँत चम्किन्छ।
– पुदिनाको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ पनि बाहिर निकाल्छ।
– पुदिनाको चिया पिउनाले पेटको पुरानो समस्या हट्नुका साथै मुखको घाउ निको हुने तथा छालामा निखार आउँछ।
– रगत सफा गर्नमा पुदिनाको ठूलो भूमिका हुन्छ।


प्रकाशित मितिः २०८० असार १ गते, बिहान ९ः४३ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *