पत्नीवियोग भोगेका डा.डम्बर लेख्छन्- ‘डा.सन्जुको समाजसेवाको प्यास मेटाउन प्रयास गर्नेछौं’

विचार/ब्लग

सम्झनामा सन्जु
डा. डम्बर खड्का

जेठ १६ हाम्रो परिवारको लागि कालो दिन । निकै भयानक र अकल्पनीय दुर्घटनाले डा. सन्जुलाई हामीबाट सदाको लागि टाढा बनायो । ‘सोचे झैं जिन्दगी रैनछ’ अहिले साच्चिकै यो गीत मेरो र हाम्रो परिवारमाथि चरितार्थ भएको छ । र, सन्जुको सुन्दर सपना खोसिएको छ ।

जीवनसाथीको रूपमा डा. सन्जुसँगको यात्रा निकै छोटो रह्यो । तर करिब २३ वर्षको यो सामिप्यताले मेरो जीवनभरको लागि लामो स्मृतिरेखा कोरेको छ । डा. सन्जु एक असल जीवनसाथीमात्र होइन, मेरो जीवनको मार्गदर्शकको रूपमा रहनुभयो । अनि हाम्रो सिंगो परिवारको ‘अभिभावक’ पनि ।

डा. सन्जुले छोटो समयमै सुर्खेती समाजमा अटुट छाप छोड्नुभयो । एक चिकित्सक भएर पनि समाजसेवा रोज्नुभयो । तर उहाँको समाजसेवाको ञतिर्खाझ मेटिएन । अब हामी डा. सन्जुको समाजसेवाको प्यास मेटाउन प्रयास गर्नेछौं।
———————————

हाम्रो पीडामा सिंगो सुर्खेत रोयो । अनि पूरै देशले शोक व्यक्त ग¥यो । यही साथले हामीलाई शक्ति प्रदान ग¥यो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू, माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, माननीय परराष्ट्रमन्त्री एनपी साउदज्यू, नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननीय गगन थापाज्यू, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं माननीय रमेश लेखकज्यू, कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री राजकुमार शर्मासहित प्रदेशका मन्त्री तथा माननीय ज्यूहरू, विभिन्न राजनीतिक दलका नेताज्यूहरू, संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिज्यूहरू, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिज्यूहरूले प्रत्यक्ष भेटेर समवेदना दिनुभयो । यहाँ नाम उल्लेख गर्न छुट्नु भएका हजारौं–हजार आफन्त र शुभचिन्तकहरू, तपाईंहरू प्रत्येकको अनुहार मेरो हृदयमा गडेको छ । दुःखको यस घडीमा तपाईंहरूको साथले हामीलाई शोक सहने सामर्थ्य प्राप्त भएको छ । म र मेरो परिवारको तर्फबाट कोटि–कोटि नमन गर्दछु ।

पीडाको अझै गहिराईमा पुग्दा, जीवनसाथी र एक आमा गुमाएको पीडामा मेरो परिवारले हामीमाथि अतिरिक्त शोक सहने शक्ति प्रदान ग¥यो । दुःखको समयमा प्राप्त सबैको यो साथ र ऋणलाई यो जुनीमा चुक्ता गर्ने प्रयास गर्नेछु ।

सोही घटनामा ज्यान गुमाउन पुग्नुभएका चालक सुवास अधिकारीप्रति पनि भावपूर्ण श्रद्धाञ्जली ! सुवासको परिवारको पीडामा हामी मल्हम बन्ने छौँ !
—————

अन्त्यमा,
डा. सन्जु तिम्रो सपना र साधना हामी पूरा गर्नेछौं !
तिम्रो स्वर्गमा वास होस् !!
डा. डम्बर खड्का, जीवनसाथी

-डा. खड्काको फेसबुकबाट

प्रकाशित मितिः २०८० जेठ ३१ गते, बिहान १०ः०९ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *