तिलोत्तमा नगरपालिकामा कार्यरत ७७ स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत ७७ स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब नपाएपछि उनिहरुले हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । नगरपालिका कार्यालयमै पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताउनुभयो।


प्रकाशित मितिः २०८० जेठ ११ गते, दिउँसो १२ः५६ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *