सांसद भण्डारी र उहाँकी आमालाई थप उपचारका लागि विदेश लैजान अस्पतालको सुझाव

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
कीर्तिपुर अस्पतालले एक प्रेस विज्ञप्ती निकाल्दैं नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारको लागि विदेश लैजान सुझाव दिएको छ ।

अस्पतालबाट जारी विज्ञप्तीमा भनिएको छ “हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ।” अस्पतालका अनुसार भण्डारीकी आमाको जिउको अधिकांश गरी ७० प्रतिशत जलन भएको र सांसद भण्डारीको अनुहार, हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको उल्लेख छ । दुवै जनाको श्वास नलीमा तातो हावा र धुँवाको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना भएको अस्पतालले जनाएको छ ।


प्रकाशित मितिः २०७९ फागुन ४ गते, बिहान १०ः२९ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *