नेपाल चिकित्सक संघको अध्यक्षमा कार्की विजयी

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना मंगलबार साँझ सकिएको छ । मतगणना अनुसार अध्यक्षमा डा.अनिल विक्रम कार्की विजयी भएका छन् । उनले कुल खसेको ६ हजार २९१ मत मध्ये ३ हजार ५३७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी डा. सन्तोष पौडेलले २ हजार ३२३ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र समूहबाट चुनावमा भाग लिएका डा. शिवजी विक्रम सिलवालले २९० मत ल्याए ।
महासचिवमा डा. संजीव तिवारी विजयी भएका छन् उनले २९१८ मत पाए। डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छिन् ।

विजयी सदस्यहरुले ल्याएको मतसंख्या यस्तो छ ।
डा. तेज्सु सिंह मल्ल ३३२१
डा. सृजना विष्ट ३१७८
डा. अमित रन्जन मिश्र ३१४८
डा. किशोर खत्री २९४६
डा. योभिन यादव २७६८
डा. स्मृति महत २७२१



प्रकाशित मितिः २०७९ माघ २४, साँझ ७ः१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *