नेपाल स्वास्थ्य डटकम,
पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी रिब्दिकोट गाउँपालिका वडा १ कोटखेराका खिमबहादुर विक हुन् । खरले छाएको घरको कोठामा आगो ताप्ने क्रममा जलेर उनको मृत्यु भएको हो ।
मृतक विक ७५ वर्षीय उमेरका हुन् । शवको पोष्टमार्टम जिल्ला अस्पताल पाल्पामा हुने जनाइएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २६, दिउँसो ३ बजे

