नेपाल स्वास्थ्य,
कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामी छोरी भेट्न जाँदा एक वृद्धाको अस्पतालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ l
पोखरा महानगरपालिका–१८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको अस्पतालबाट खसेर मृत्यु भएको हो l उनकी छोरी मुटु सम्बन्धी समस्याका कारण मणिपाल अस्पतालमा उपचाररत रहेकी थिइन्। शुक्रबार दिउँसो छोरीलाई भेट्न अस्पताल पुगेकी घर्तीको तीन तला माथिबाट खसेर मृत्यु भएको हो ।
प्रकाशित मिति: २०७९ मंसिर २३ गते , साँझ ६:३५ बजे

