पूर्व स्वास्थ्यमन्त्रीहरु जसले यसपालिको चुनावमा हार व्यहोरे

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावको मतपरिणाम सार्वजनिक लगभग अन्तिम चरणमा पुगेको छ । यसअघि स्वास्थ्य मन्त्रालयमा मन्त्री भई चुनावमा सहभागी जनाएका धेरैजसो पूर्व स्वास्थ्यमन्त्री पराजित भएको देखिन्छ ।

यसपालिको चुनावमा पराजित हुनेमा विरोध खतिवडादेखि रामजनम चौधरीसम्मका छन् । मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवार भएका एकिकृत समाजवादीका नेता विरोध खतिवडा एमालेका महेश बर्तोलासँग पराजित भएका छन् । त्यसैगरी सिन्धुपाल्चोक २ बाट एमाले नेता शेरबहादुर तामाङ पनि नेपाली काँग्रेसका मोहन बस्नेतसँग पराजित बन्न पुगे ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सप्तरी क्षेत्र नं.२ बाट जनमत पार्टीका सीके राउतसँग नमिठो पराजय भोगे ।
हृदेश त्रिपाठीले पनि नेपाली काँग्रेसका विनोद चौधरीसँग पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट हार व्यहोरे । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नं. १ मा उम्मेदवार रहेका रामजनम चौधरी पनि रन्जीता श्रेष्ठसँगको चुनावी प्रतिस्पर्धामा पराजय भोगे । त्यसैगरी एमालेका नेता भानुभक्त ढकालपनि मोरङ ३ बाट नेपाली काँग्रेसका सुनिल शर्मासँग पराजित बन्न पुगे ।


प्रकाशित मितिः २०७९ मंसिर १० गते, विहान ९ः१९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *