डेंगु संक्रमणबाट साउन यता ३२ जनाको मृत्यु

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
डेंगुबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लाग्दै गएको छ । १० असोजमा सार्वजनिक गरिएको तथ्यांक अनुसार साउन यता ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म संक्रमितको संख्या २५ हजार ५४३ रहेको छ । संक्रमणबाट सबैभन्दा प्रभावित बागमती प्रदेश रहेको छ । बागमती प्रदेशमा १९ हजार नौं सय दश जनामा संक्रमण भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २ सय ३१ जनामा डेंगीको संक्रमण देखिएको छ ।

नेपालमा सर्वप्रथम २०६१ सालमा पहिलोपटक डेंगको बिरामी देखिएको थियो । त्यसपश्चात् नेपालमा वर्षेनी यस रोगको संक्रमण देखिन थालेको हो । हाल नेपालका सातै प्रदेश अन्तर्गत ७६ जिल्लामा यो रोग फैलिएको छ । सरकारले डेंगुको संक्रमण सबैभन्दा बढी भएका जिल्लामा स्थानीय तह र सरोकावालासँगको समन्वयमा खोज र नष्ट अभियान संचालन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति २०७९ असोज १० गते, साँझ ७ः५० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *