नेपाल स्वास्थ्य डटकम,
डेंगुबाट संक्रमित बिरामीको संख्या उकालो लाग्दै गएको छ । ५ असोजमा १९ हजार २३ जनामा संक्रमण देखिएकोमा ६ असोजमा १९ हजार सात सय ६६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा एकै दिन डेंगुबाट संक्रमित हुनेको संख्या ७ सय ४३ रहेको देखिन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार असोज ६ गते सम्ममा नेपालमा १९ हजार सात सय छैसठ्ठी जना सम्भावित डेंगु रोगी देखिएको महाशाखाले जनाएको छ । नेपालमा हालसम्म डेंगुबाट निधन हुनेको संख्या २५ रहेको छ ।
नेपालमा सर्वप्रथम २०६१ सालमा पहिलोपटक डेंगको बिरामी देखिएको थियो । त्यसपश्चात् नेपालमा वर्षेनी यस रोगको संक्रमण देखिन थालेको हो । हाल नेपालका सातै प्रदेश अन्तर्गत ७६ जिल्लामा यो रोग फैलिएको छ । सरकारले डेंगुको संक्रमण सबैभन्दा बढी भएका जिल्लामा स्थानीय तह र सरोकावालासँगको समन्वयमा खोज र नष्ट अभियान संचालन गरिरहेको जनाएको छ ।
प्रकाशित मिति २०७९ असोज ७ गते, दिउँसो १२ः२५ बजे

