काठमाडौंमा हैजाका बिरामी भेटिए

स्वास्थ्य समाचार हेडलाइन्स

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा दुई जनामा हैजा भेटिएको जानकारी दिएको छ । उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् ।

गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले अपिल गरेको छ । हैजा सम्बन्धि कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्याले सम्बन्धितमा समेत अनुरोघ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *