डा. केसीलाई उपचारका लागि विशिष्टिकृत अस्पताल लैजान सेती प्रादेशिक अस्पतालको आग्रह

स्वास्थ्य समाचार

सपना महत, नेपाल स्वास्थ्य डटकम
स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीलाई थप उपचारको लागि बिशिष्टकृत अस्पतालमा स्थानान्तरण गर्न सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दे सुदुरपश्चिम मानवअधिकार आयोग,सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा स्थानान्तरणको लागि जानकारी पठाएको अस्पतालले जनाएको छ ।

डा. केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले थप जटिलता आउन सक्ने अस्पतालले जनाएको छ । डा .गोबिन्द केसी विगत ८ दिनदेखी स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनसनमा बसेका छन् ।

हेरौं अस्पतालले जारी गरेको सूचना :

फोटो साभारः डा. केसीको फेसबुकबाट ।
प्रकाशित मितिः २०७९ असोज ३ गते, दिउँसो २ः२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *