नेपाल स्वास्थ्य, दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधि परामर्श कक्ष संचालनमा ल्याएको छ । फार्मेसीबाट प्राप्त हुने जुनसुकै औषधीको बारेमा बिरामीलाई सहज होस् भन्ने हेतुले उक्त कक्ष संचालनमा ल्याइएको अस्पतालले जनाएको छ । यो कक्ष संचालनमा आएपछि बिरामीले औषधीको बारेमा जानकारी हासिल गरी सहजता हुने विश्वास गरिएको छ ।
औषधि परामर्श कक्षको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले यो सेवाको शुभारम्भ गरेका हुन् ।
प्रकाशित मितिः २०८२ फागुन १४ गते, बिहान ११ः३० बजे

