पाँच वर्षमा झण्डै १५ लाख जनाको आँखा उपचार

स्वास्थ्य समाचार

देवदह– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७–०७८ मा एक लाख ५३ हजार ५३३, २०७८–०७९ मा दुई लाख ८२ हजार २३७, २०७९–०८० मा तीन लाख २८ हजार ८४०, २०८०–०८१ मा तीन लाख २९ हजार ५११ र २०८१–०८२ मा तीन लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

प्रकाशित मितिः २०८२ असोज १८ गते, दिउँसो १ः०५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *