पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता

स्वास्थ्य समाचार हेडलाइन्स

गुल्मी – जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।

एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बीचमा छोड्नुपर्ने अवस्था थियो। उक्त समस्या समाधान गर्न गाउँपालिकाले सङ्क्रमितको जीवनशैलीमा परिवर्तन ल्याउनाका साथै पोषण स्थितिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्चबापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए। – रासस

प्रकाशित मिति: २०८२ बैशाख ३० गते, दिउँसो ४:१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *