नेपाल स्वास्थ्य,
नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । हालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणना अनुसार छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो ।
राष्ट्रिय जनगणना २०७८ को अनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए ।
प्रकाशित मिति:२०७९ चैत्र ११, विहान ०७:०१ बजे

