पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदैं मदाने गाउँपालिका

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच पालिकाबासीलाई रगतमा लाग्ने सेवा शुल्क निःशुल्क गराउने सम्झौता भएको हो । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच रक्तसञ्चार सेवा केन्द्र बुटवल र भैरहवाले रगतमा लाग्ने सेवा शुल्क निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले जानकारी गराए । पछिल्लो समयमा रगतको अभावका कारण धेरै मानिसले ज्यान गुमाइरहेको बताउँदै त्यसबाट पालिकावासीलाई यो सास्तीबाट मुक्ति मिल्ने पालिकाले विश्वास लिएको छ ।

प्रकाशित मितिः २०८१ पौष १३ गते, बिहान ८:३३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *