खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो। यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग भनिएको हो । यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ। यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन्। यदी खोरेत रोगको बेलैमा ध्यान पुर्याउन नसकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ।
खोरेत रोगको विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण यसले महामारीको रुप लिन सक्छ ।
यसबाट पशुहरुलाई जोगाउनको लागि निम्न कुरामा ध्यान दिनुपर्दछ ।
गोठलाई सफा गरि राख्ने र पशुलाई सकेसम्म बंधुवा गरि पाल्ने ।
रोगी पशुलाई बेग्लै राख्ने र रोगी पशुले दुषित बनाएको दानापानी आदिलाई गाडि दिने ।
रोगबाट मरेकोलाई पनि गहिरो गरि खाल्डोमा पुर्नु पर्दछ ।
निरोगी पशुलाई ६।६ महिनामा खोरेत रोगकोे एफ.एम.डी. भ्याक्सीन लगाउनु पर्दछ ।
रोग फैलिएको शंका लागेमा नजिकको सेवा केन्द्रमा तुरुन्तै खबर गर्नु पर्दछ ।
प्रकाशित मितिः २०८१ जेठ २३ गते, दिउँसो २ः०१ बजे

