गर्दन दुख्दा गर्नुपर्ने मुख्य व्यायामहरु

विचार/ब्लग हेडलाइन्स

डा. हेमराज काेइराला

व्यस्त, धपेडी र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन्। गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ। यस्तो अवस्थामा गर्दनका मांसपेशिलाई बलियो बनाउने निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ। यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तानो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढी प्रभावकारी हुन्छ।

गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरु:

व्यायाम न.१.

दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस। अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हात लाई पछाडि पट्टी धकेल्नुस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.२.

दुवैहातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड कमर दर्दं सीधा राखेर बस्नुहोस। अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई पछाडि र टाउकोले हात लाई अगाडि पट्टी धकेल्नुस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.३.

देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस्। अब देब्रे हातले दाहिने तीर ठेल्नुस् र टाउकोले देब्रे तीर ठेल्नुहोस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.४.

दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस्। अब दाहिने हातले देब्रेतीर ठेल्नुस् र टाउकोले दाहिने तीर ठेल्नुहोस् र २० सेकेन्डसम्म रोकेर राख्नुहोस् । यी सबै व्यायामहरुलाई ५ – ५ पटक दोहोर्याउने गर्नाले फाइदाजनक हुन्छ ।

प्रकाशित मितिः २०८० फागुन १७ गते, बिहान ११ः११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *