नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ५३ वटा स्थानीय निकायलाई स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ ।
‘स्वीकृत दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीका लागि यस अघि नै ससर्त अनुदान मार्फत तलव भत्ता उपलव्ध गराइएको छ । अहिले त्यहाँ कार्यरत स्वीकृत दरबन्दी बाहेकका कर्मचारीका लागि यस आर्थिक बर्षको साउन देखि आगामी असार मसान्त सम्मको थप तलव भक्ता माग आएको हुँदा उनीहरुको विवरण ढाँचा अनुसार मिलाएर पठाइदिनु होला,’ मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।
प्रकाशित मितिः २०८० मंसिर २६ गते, बिहान १०ः३२ बजे

