नेपाल स्वास्थ्य डटकम डेस्क ।
बरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले इमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’ मा पत्रकार जगदिश खरेललाई एक अन्तर्वार्ता दिदैं जसले आफ्नो मातापितालाई ठग्छ, उसको जीवन सफल नहुने बताएका छन् । अन्तर्वार्ताका क्रममा भावुक बनेका डा. अनिलले आफ्नो बुवाको निधनमा आफूले १६ दिन बुवासँगै आइसियूमा बिताएको क्षण उल्लेख गर्दे चिकित्सक भएर बुवाको अन्तिम श्वाससम्म सँगै रहन पाएकोमा सन्तुष्ट व्यक्त गरे ।
अन्तर्वार्ताका क्रममा उनले जसले आफ्नो मातापितालाई ठग्छ, उसको जीवन सफल हुन नसक्ने भन्दै यसरी ढाट्ने व्यक्तिले श्रीमति तथा छोराछोरीलाई पनि ढाट्ने र उसलाई जीवनभर खुसी र सुख नमिल्ने बताए । बुवाको मृत्युको खबर आमालाई सुनाएको प्रसंग समेत उनले अन्तर्वार्ताको क्रममा बताएका थिए ।

फोटोः इमेज टेलिभिजन ।
जीवनमा आफूले प्राप्त गरेको उपलब्धी बुवालाई सुनाउन नपाएकोमा उनले दुःख व्यक्त गरे । अन्तर्वार्ताभर उनले विविध विषयमा पत्रकार खरेलसँग रोचक कुराकानी गरेका छन् । भर्खरै डा. अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आएको छ । यस पुस्तकमा विशेषत् बुवासँगको सम्बन्धबारे उनले उल्लेख गरेका छन् ।
प्रकाशित मितिः २०८० असोज १८ गते, बिहान ११ः२१ बजे ।

