नेपाल स्वास्थ्य डटकम,
पोखराको चरक मेमोरियल हस्पिटलले ओपन हार्ट सर्जरी गरेको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियो भास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा लगायतको टिमले चरकमा ओपन हार्ट सर्जरी गरेका हुन् । चरक मेमोरियल हस्पिटलले गण्डकी प्रदेशमै पहिलो पटक ओपन हार्ट सर्जरी गरेको हो।
गएको शुक्रबार पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय एक पुरुषको ओपन हार्ट सर्जरी गरिएको हो। यो सँगै बिरामीलाई काठमाडौं लगायतका ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
प्रकाशित मितिः २०८० भदौ ३ गते, साँझ ७ः १२ बजे

