विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड

स्वास्थ्य समाचार

जाजरकोट – बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए।
 
गाउँ–गाउँमा स्वास्थ्य संस्था भएपनि लिम्सास्थित  स्वास्थ्य संस्थामा र  सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड सेवा उपलब्ध थियो। बारेकोटमै अल्ट्रसाउण्ड सेवा सुरु भएपछि यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। गाउँपालिकले  आर्थिक अवस्था नाजुक भएका सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उनको भनाइ थियो।

यसअघि यहाँका गर्भवतीमध्ये ९० प्रतिशतले  अल्ट्रसाउण्ड सेवा लिन पाएका थिएनन्। पहुँच तथा हुनेखाने परिवारका गर्भवतीले मात्र स्वास्थ्य सेवा लिए पनि अधिकांशले स्वास्थ्य परीक्षण गराउने गरेका थिएनन्। 

घण्टौँ हिँडेर स्वास्थ्य सेवा पुग्नुपर्ने, त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिला असुरक्षित रूपमा बच्चा जन्माउने गरेका थिए। अब गाउँमै स्वास्थ्यपरीक्षण हुने भएपछि खुसी लागेको बारेकोट–५ की आशा शाहीले बताए। रासस
प्रकाशित मितिः २०८० जेठ २२ गते, बिहान १०ः५० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *