देशका १५ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाउने भएको छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउने जनाइएको छ । यहि फागुन ११ गतेदेखि २५ गतेसम्म औषधी खुवाइने मन्त्रालयले जनाएको छ । यसका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई कार्यक्रम संचालन गरिनेछ ।

यो रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ भने सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित मितिः २०७९ फागुन ११ गते, साँझ ७ः२४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *