सपना केसी/नेपाल स्वास्थ्य डटकम

न्यूनतम सेवा मापदण्डको मुल्याकंनमा गुल्मी अस्पतालले गत आर्थिक वर्षको अंकमा अझै सुधारिंदैं प्रदेशमा तेस्रो स्थान हासिल गरेको छ । आर्थिक वर्ष २०७९।०८० मा अस्पतालले ८९ प्रतिशत अंक हासिल गरेको छ भने गत वर्ष ८६ प्रतिशत रहेको थियो ।
मुल्याकंन टीमको नेतृत्व बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेले गरेका थिए । गत ८ र ९ गते स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको अनुगमन टीमले विभिन्न सूचकका आधारमा अस्पतालमा मुल्याकंन गरेको थियो । सबैको सहयोग, टीमको मेहनत, लगनशिलता र प्रतिबद्धताले नै यो उपलब्धि हासिल गर्न सकिएको भन्दै गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले अस्पताल अझै स्वास्थ्य सेवा प्रदान गर्न सक्रियतापूर्वक जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, रेसुगां नगरपालिकाका मेयर खिलध्वज पंन्थी, अस्पताल विकास समिति अध्यक्ष भरत पाण्डे, सरोकारवाला निकाय, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसर पारेर अस्पतालमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । जसमा मेडिकल जनरलिष्ट डा. श्रुति सिलवाल, सिअनमी निरीक्षक कमला श्रीस, मेडिकल रेकर्डर सुपरभाइजर बाबुराम पोख्रेल, अहेब प्रतिक पाण्डे र कार्यालय सहयोगी टिका बहादुर पाण्डे रहेका थिए ।
प्रकाशित मितिः २०७९ माघ १० गते, विहान ६ः५६ बजे ।

