चिकित्सक संघद्वारा जहाज दुर्घटनामा ज्यान गुमाउने चिकित्सकहरुप्रति श्रद्धाञ्जलि व्यक्त

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

नेपाल चिकित्सक संघले यति एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएका ३ जना चिकित्सकहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।

आइतबार काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको एनवाइटी ६९१, ९ एन-एएनसी विमान दुर्घटना हुँदा संघका आजिवन सदस्य डा. सुशिल श्रेष्ठसहित डा. शोना दिवाकर र डा. गणेश थापाको मृत्यु भएको थियो । चिकित्सक संघका महासचिव डा. बद्री रिजालद्वारा जारी शोक व्यक्तव्यमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनि कामना गरिएको छ ।

प्रकाशित मिति: २०७९ माघ २, १७ : ४७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *