गर्मीमा लस्सी पिउनुका फाइदाहरु

टिप्स हेडलाइन्स

लस्सी एक यस्तो पेय पदार्थ हो जसलाई आयुर्वेद र चिकित्सा विज्ञान दुबैले स्वास्थ्यको लागि धेरै प्रभावकारी पेय मानिन्छ। विशेष गरी लस्सीको सेवनले कलेजो स्वस्थ राख्न मद्दत मिल्छ।

विशेषगरी गर्मीको मौसममा यस्ता पेयपदार्थका धेरै विकल्प छन्। जुन स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक रहेको पाइन्छ।

दहीलाई फिटेर तयार पारिएको यो पेय धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ। लस्सीको सेवनले गर्मीमा नियमित सेवनले डिहाइड्रेसनको समस्याबाट बच्न, पेटलाई स्वस्थ राख्न र अन्य धेरै रोगको जोखिम कम गर्न मद्दत मिल्छ।

कलेजोको लागि फाइदाजनक

दही र लस्सी प्रोबायोटिक्सको उत्कृष्ट प्राकृतिक स्रोत हो। यसको सेवनले कलेजोमा जम्मा भएको बोसो, कलेजोमा सूजन, सिरोसिसका लक्षण कम गर्न र कलेजोको कार्यलाई सहज बनाउन धेरै सहयोगी हुने बताइन्छ।

लस्सी कलेजोको स्वास्थ्यका लागि निकै फाइदाजनक हुने भएकाले तौल घटाउन खोज्ने व्यक्तिले पनि यसबाट फाइदा लिन सक्ने विज्ञ बताउँछन्।

छालाको लागि फाइदाजनक

लस्सीमा पाइने ल्याक्टिक एसिडले संक्रमणसँग लड्न मात्र सहयोग गर्दैन यसले सुख्खापन रोक्न, छालालाई मोइश्चराइज गर्न र दाग कम गर्न पनि मद्दत गर्छ।

ल्याक्टिक एसिड र भिटामिन डीको संयोजनले तपाईको छालामा बढ्दो उमेरको प्रभावलाई कम गर्न पनि मद्दत गर्दछ। छालासँगै लस्सी कपाललाई स्वस्थ राख्नका लागि पनि फाइदाजनक हुन्छ।

हड्डीको समस्या हट्छ

लस्सीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, त्यसैले यो हड्डी बलियो बनाउनको लागि उत्कृष्ट पेय हुन सक्छ।

क्याल्सियम युक्त चिज हड्डी र दाँतलाई स्वस्थ राख्न निकै फाइदाजनक मानिन्छ। क्याल्सियम युक्त खानेकुराको नियमित सेवनले उमेर बढ्दै जाँदा हड्डीको समस्याबाट बच्न मद्दत गर्छ।

प्रतिरोधात्मक क्षमतामाक वृद्धि

आफ्नो दैनिक आहारमा लस्सी समावेश गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै सहयोगी हुन्छ। यो ल्याक्टिक एसिड र भिटामिन डीको प्रचुर स्रोत हो। जसले प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई विभिन्न रोगहरूबाट बचाउन मद्दत गर्दछ। 

रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै शरीरको राम्रो स्वास्थ्यका लागि लस्सीको सेवन राम्रो मानिन्छ। लस्सीको सेवन बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि स्वस्थकर हुन्छ।-नेपालसमयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *