अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति

गृहपृष्ठ स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,

अनशनरत डा. गोविन्द केसी र सरकारबीचबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । विभिन्न ७ बुँदे माग राख्दै डा. केसी धनगढीमा अनसन बसेका थिए । स्वास्थ्यमा आएको जटिलतासँगै उनी उपचारको लागि काठमाण्डौं आएका थिए ।
डा. केसी र सरकारबीच भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जनाइएको छ ।

सरकारको तर्फबाट वार्ताका लागि प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. गोविन्द केसीका तर्फबाट जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन भएको थियो ।

फोटो साभारः डा.गोबिन्द केसीको फेसबुकबाट

प्रकाशित मितिः २०७९ असोज ८, साँझ ८ः३७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *