नेपाल स्वास्थ्य, यतिबेला प्यूठानका स्वास्थ्यकर्मीले गरेको एउटा कामले सामाजिक सन्जालमा निकै प्रशंसा पाइरहेको छ । फोटो तथा भिडियोमा सरकारी पोसाक लगाएका स्वास्थ्यकर्मीले एक महिलालाई स्टेचरमा बोकेर गन्तब्यतर्फ लैजाँदै गरेको दृश्य छ ।
प्यूठानको ऐरावती गाउँपालिका ६ काल्नेकी ३० वर्षीया जीवा विकलाई प्रसूति गराउन धरमपानी स्वास्थ्यचौकी ल्याइएको थियो । सुत्केरीलाई घरसम्म लैजान मान्छे नभएपछि सो स्वास्थ्य संस्थाका जनस्वास्थ्य निरीक्षक टुकाराम पोखरेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई स्टेचरमा बोकेर जीवालाई घरसम्मै लगिदिएका थिए ।


फोटोः सामाजिक सन्जालबाट ।
प्रकाशित मितिः २०८१ असार २५ गते, बिहान ८ः०३ बजे

