दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ। पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने भएको छ। 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एनजियोप्लाष्टि गरेको हो । अब नियमित एनियोप्लाष्टी हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्यामल लम्सालले बताए।

प्रकाशित मिति: २०८३ बैशाख १९ गते, बिहान ८:०३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *